Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रङ्गेलीमा पोखरीमा डुबेको अवस्थामा ७६ वर्षीया बृद्धा मृत फेला



विराटनगर : मोरङको रङ्गेली नगरपालिका १ की ७६ वर्षीया कृष्णमाया बस्नेतको डुबेर मृत्यु भएको छ । उनको शव घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको हो ।

बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार