Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीपविरुद्ध बलात्कार आरोप लगाउने पीडित भन्छिन्– मध्यरातमा लठ्याएर दुईपटक बलात्कार गरे



विराटनगर : मंगलबार एक बालिकाले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने जबरजस्ती गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी दर्ता गराइन्।

आफ्नो एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताइन्।

गौशाला प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ।

काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन्। उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो। सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए।

सन्दिप हाल क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन्। पिडितले आफुलाई सन्दिपले केन्या जानुअघि बलात्कार गरेको बताएकी छिन्। ‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो।

होस्टलको गेट ८ बजेपछि बन्द हुन्छ भन्दा सन्दिपले नै होटलमा बस्ने प्रस्ताब राखेका थिए। दुईवटा कोठा लिन पनि सन्दिपले मानेको थिएन। रातमा लठ्याएर दुई पटक बलात्कार गरेका थिए।’

प्रतिक्रिया
सम्बन्धित समाचार