Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अखिल क्रान्तिकारीद्वारा ‘रिभोलुसनरी फोर्स’ गठन



काठमाडौं । पवन कार्की नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी)ले ‘रिभोलुसनरी फोर्स’ को घोषणा गरेको छ ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) ले क्रान्तिकारी फोर्स गठन गर्ने निर्णयसँगै पवन कार्की नेतृत्वको संगठनले पनि मंगलबार काठमाडौंमा  रिभोलुसनरी फोर्स’ को घोषणा गरेको हो । रिभोलुसनरी फोर्सको घोषणा अघि क्रान्तिकारीले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेको थियो ।

फोर्स घोषणा कार्यक्रममा कार्कीले देशमा परिवर्तन स्थापित गर्ने काम माओवादी केन्द्रले गरेको भन्दै निर्वाचन मार्फत माओवादीलाई स्थापित गराउन फोर्सले काम गर्ने बताए ।

पन्चा सिंह नेतृत्वको अनेरास्ववियुले भने बुधबार अर्थात २२ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार