विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजेन्द्र लिङ्देनलाई झापा क्षेत्र नम्बर-३ बाट सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा अध्यक्ष लिङ्देनलाई सिफारिस गरेको हो ।
२०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए । लिङ्देनले नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए ।
बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याएका थिए ।