Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका प्रमुख प्रशासकीय अधिकृतको रातारात सरुवा



विराटनगर : निर्वाचन आचारसंहिता लाग्नुपूर्व रातारात विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको सरुवा भएको छ । गएराति सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको हो ।

राती अवेरसम्म कर्मचारीहरु बसेर सरुवाको अन्तिम नामावली तयार गरी मन्त्रीको सहमतिमा सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बस्नेतको दलित आयोगमा सरुवा भएको स्रोतले बताएको छ । उनको ठाउँमा को आउने भन्ने टुंगो नलागे पनि विष्णु कोइराला र शंखर नेपालले आउने प्रयत्न गरेका छन् ।

सोमबार दिउँसोसम्म पनि उनको सरुवा हुने टुंगो थिएन । तर राती अचानक उनको सरुवा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार