विराटनगर : नेकपा एकीकृत समाजवादीको गुल्मी अध्यक्ष, इन्चार्ज लगायतका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका छन् ।
सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
एमालेमा फर्किएकाहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्ण बिष्टले स्वागत गरेका छन् ।