विराटनगर : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर-२ बाट दुई जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले यस क्षेत्रबाट डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको हो ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी भएका थिए । उनले एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।
अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका रिजालले रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
मोरङ क्षेत्र नम्बर-२ नेपाली कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो । गिरिजा पुत्री सुजताले यसपटक यो क्षेत्रमा दावी गरिरहेकी छिन् ।