विराटनगर : नेकपा एमाले उदयपुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
२ संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नम्बर-२ बाट कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठसहित ७ जनाको नाम सिफारिस भएको छ ।
श्रेष्ठसँगै सो निर्वाचन क्षेत्रबाट बेद प्रसाद पोखरेल, शैलेस लामा, अम्बर बहादुर रायमाझी, कला घले, डा.भेषराज थापा र प्रेम कुमार गौतमको नाम सिफारिस भएको हो ।
निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ (अर्जुन), हिमबहादुर मगर सिफारिस भएका छन् ।
२ (ख) बाट संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा को नाम प्रदेशमा सिफारिस भएको छ ।