Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ



विराटनगर : विराटनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । विराटनगर-१५ बाट आइतबार दिउँसो ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरको रानी भन्सारको १ नम्वर ढाँटमा भारतबाट नेपाल आउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

जहदा गाउँपालिका-५ का २१ वर्षीय सुरज कुमार चौधरीको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उपमहानगरपालिका-९ का ३४ वर्षीय सन्तक कुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार