विराटनगर : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको हो ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका घनश्याम खतिवडा विजयी भएका थिए । एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडासँग कांग्रेसका डिगबहादुर लिम्बू पराजित भएका थिए ।
समानुपातिक संसदसमेत रहेकी तुम्वाहाम्फेले विभिन्न मन्त्रालयको जिम्मेबारी सम्मालिसकेकी छिन् ।