Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समाजसेवी योगेन्द्र मण्डल मोरङ-५ बाट प्रतिनिधिसभामा सिफारिस



विराटनगर : नेकपा एमालेबाट मोरङ संघीय निर्वाचन क्षेत्र ५ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ समाजसेवी योगेन्द्र मण्डलको नाम सिफारिस भएको छ ।

आइतबार नेकपा एमालेको क्षेत्रीय कमिटीले मोरङ – ५ बाट मण्डलसहित तीन जनाको नाम सिफारिस गरेको हो । मण्डलसँगै मनोज अग्रवाल र राधादेबी पासवानको नाम पनि सिफारिस भएको छ ।

मण्डल जीवन विकासका संस्थापक अध्यक्षसमेत हुन् । गरीबरहित नेपालको परिकल्पना गर्दै शिक्षा, कृषि र लघुवित्तमा काम गरेका योगेन्द्रले समाज रुपान्तरणका लागि आफूले नेतृत्व गरेको जीवन विकासलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा परिचित बनाएका छन् ।

लामो समयदेखि समाजसेवा गर्दै आएका मण्डलले आफ्नो अभियानमार्फत दुई हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेका छन् ।

गरीबरहित नेपाल बनाउने अभियानमा लागेका उनले हजारौँको घर बनाइदिएका मात्र छैनन्, पढ्न नसक्नेहरुलाई पढाएका पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार