विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-५ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम लागि सिफारिस भएका छन् ।
उम्मेदवार सिफारिस समितिको बैठकले यादवलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो ।
यादवसहित मोरङ -५ का लागि प्रदेश-१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ५ (क) बाट प्रत्यक्ष उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश (ख) मा स्वास्थ्यमन्त्री यादवसहित अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम सिफारिस गरिएको छ ।