Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन


  • Purbeli Press
  • शुक्रबार, भाद्र १७ २०७९

विराटनगर : काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ।

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ। भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार