Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ २ (क) : कांग्रेसबाट पूर्वमेयरदेखि वकिल, वडा अध्यक्षसम्मको नाम सिफारिस


  • Purbeli Press
  • बिहिबार, भाद्र १६ २०७९

विराटनगर : मोरङ २ (क) कांग्रेसबाट पूर्वमेयरदेखि वकिल, वडा अध्यक्षसम्मको नाम सिफारिसआगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ।

नेपाली कांग्रेसले मोरङ २ (क) मा एक महिला सहित ६ जना सिफारिस गरेको छ। कांग्रेसलेमोरङ २ (क) मा पूर्वमेयरदेखि वकिल, वडाअध्यक्षसम्मको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको नेपाली काँग्रेस मोरङ क्षेत्र नं २ (क) को बैठकले प्रदेशसभामा प्रत्यक्षतर्फ रतुवामाई नगरपालिकाका पूर्वमेयर रविन राई, रतुवामाई ५ का पूर्व वडा अध्यक्ष कन्हैयालाल राजवंशी, अधिवक्ता फडिन्द्र थापाको नाम सिफारिस गरेको छ । यस्तै बहालवाला प्रदेश संसद शिव नारायण सिंह गनगाईसहित स्थानीय नेता जीवन पनेरु र शान्तादेवी पौडेलको पनि नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ उदीन मिँया, फुलवती देवी गोडी, इन्दिरा अधिकारी, निरा कट्टेल, नारायणी देवी पण्डित, रामानन्द साह, होमा देवी घिमिरे , जानकी कुमारी केवरत, शान्ति देवी राजवंशी, शन्तोलिया देवी माझ,कृष्ण प्रसाद वाग्ले, थर्कबहादुर विश्वकर्मा, तिलाराम बस्नेत, खडानन्द न्यौपाने, गोमा नेपाली, साईस्ता प्रविण, गिरिजाप्रसाद यादव, विशाल गौतम, रमानाथ भट्टराई, शिवकुमार थापा र सम्पतलाल साहको नाम सिफारिस भएको नेपाली काँग्रेस मोरङ २ (क) क्षेत्रीय कमिटिले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार