Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु


  • Purbeli Press
  • बिहिबार, भाद्र १६ २०७९

विराटनगर : निर्माणाधीन कल्भर्टमा साइकलबाट लडेर विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका १८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति साइकलबाट लडेर ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा कल्भर्टमा लडेर जहदा गाउँपालिका १ का ४६ वर्षीय शर्माको मृत्यु भएको हो ।

साइकलबाट लडेर घाइते भएका उनको उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार