Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङका एक सय ५२ घरधुरीलाई पुनः स्थापनाका लागि सिफारिस


  • Purbeli Press
  • आइतबार, भाद्र १२ २०७९

विराटनगर : जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ। बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो।

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र  सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई  पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको बाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए।

गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए।

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने, ‘बाढी पहिरोबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार