विराटनगर : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री राईसहित प्रतिनिधिसभामा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ।