Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा श्रीमान‍्ले गरे छुरा प्रहार गरी श्रीमतीको हत्या


  • Purbeli Press
  • शनिबार, भाद्र ११ २०७९

विराटनगर : झापामा श्रीमान‍्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

झापा गाउँपालिका ६, चन्द्रबस्तीमा शुक्रबार राति करिब साढे ९ बजे श्रीमान‍्को छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको हो।

झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्ताको छातिमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर उनले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ।

छुरा प्रहार गरी उनी फरार भएको प्रहरीले जनाएको छ। फरार नाइके हस्तालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार