विराटनगर : देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ। गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन्। यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ रहेको छ।