Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सप्तकोशी नदीमा डुबेर १२ वर्षिय बालकको मृत्यु


  • Purbeli Press
  • बिहिबार, भाद्र ९ २०७९

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुबेर बालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो पौने २ बजे सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ का राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुबेको अबस्थामा स्थानियले फेला पारेका थिए ।

प्रहरीले उनको उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगेका थिए । उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार