Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकार निष्ठुरी र खतिवडा पुरस्कृत हुने


  • Purbeli Press
  • बुधबार, भाद्र ८ २०७९

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ ।

महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले बताए । पुरस्कारको राशी २५ हजार रहेको छ । यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो ।

त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद कमल पौडेललाई प्रदान गरिएको थियो ।

दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निर्णय गरिएको महासंघद्धारा बुधबार सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार