विराटनगर : विप्लव माओवादीसहितका ४ कम्युनिस्ट दलले आह्वान गरेको बन्दको प्रभाव विराटनगरमा सामान्य परेको छ । विराटनगरमा बिहानै देखी छोटा तथा लामा दुरीका सार्वजनिक तथा निजी सवारी साधनहरू चलिरहेका छन् ।
विराटनगरमा बन्दको प्रभाव खासै परेको छैन। सवारी साधन निर्वाध रुपमा चलेका छन्। मानिसहरु त्रसित भएर बिहान कम सवारी चले पनि अहिले सवारी साधन गुड्न थालेका छन्। विराटनगरका मुख्य बजार खुलेका छन्।
सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध चार दलले नेपाल बन्दको आव्हान गरेका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्ण जित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आवाहन गरेका हुन ।