Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सानेपामा प्रदीप गिरिको अन्तिम बिदाइ (तस्बिरहरू)


  • Purbeli Press
  • आइतबार, भाद्र ५ २०७९

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन्।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा माल्यार्पण गरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका हुन्।

यसैगरी सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उनकी धर्मपत्नी नेत्री हिसिला यमी, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललगायत नेताहरु सानेपा पुगेका थिए।

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरिको उपचारका क्रममा गएराति निधन भएको थियो। उनप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ।

उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्याइएको हो। गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार