विराटनगर : सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलकाे पछाडी सवार एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन्। चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ।
को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो।
एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ।