Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरकी उपप्रमुख कार्कीद्वारा वडा र शिक्षा महाशाखाको अनुगमन


  • Purbeli Press
  • बिहिबार, भाद्र २ २०७९

विराटनगर : विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गरेकी छिन् । उपप्रमुख कार्कीले बिहिबार ७ र ८ नम्बर वडा कार्यालयको अनुगमन गर्दा कतिपय कर्मचारी एकैठाउँमा जम्मा भएर गफ गरिरहेको भेटिएको बताएकी छिन् ।

यस्तै कर्मचारी नभएको कोठामा फेन र बत्तीसमेत खुल्ला रहेको भेटिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । वडास्तरदेखि नै छिटोछरितो काम भएमा जनगुनासो आउने क्रममा कमी आउने उनको भनाई छ । “वडास्तरदेखि नै जनताका काम सहज रुपमा हुनुपर्छ,” उनले भनिन्, “त्यही भएर हामीले वडा र सम्बन्धित महाशाखाको अनुगमलाई निरन्तरता दिइरहेका छौं ।”

उनले जनताको कामलाई चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशनसमेत दिएकी छिन् । उपप्रमुख कार्कीले शिक्षा महाशाखाको समेत अनुगमन गरी कार्यालयको हाजिरी पुस्तिका जाँच गरेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार