Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ


  • Purbeli Press
  • मंगलबार, साउन ३१ २०७९

विराटनगर : पाँचथरमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ हो ।

बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।

बुढाथोकीलाई सोमबार पक्राउ गरीएको राईले जानकारी दिए ।

बुढाथोकी लाई पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार