विराटनगर : बुटवलको कारिकोट होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको होटलमा उक्त जोडी रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार पुरुषको शव होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तरामा रगताम्य भएको अवस्थामा भेटिएको हो ।
धादिङ्गको कुमपुर ५ ठेगाना भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र पहिचान नभएकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दाङ जान्छु भनेर हिँडेपछि हराएको हुनसक्ने अनुमान छ ।
उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।