विराटनगर : प्रदेश १ सरकारको मन्त्री परिषद् बैठक सम्पन्न भएको छ । मन्त्री परिषद्को बैठकले आठ वटा विषयमा निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको प्रदेश १ का सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । भदौ १५ सम्ममा सबै संसदहरुले योजना छनोट गरी सक्नुपर्ने उनले बताए ।
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तरगत १७ वटासम्म पूर्वाधार निर्माणका योजना र १० वटा मानवीय संसाधानतर्फ योजना छनोट गर्न पाउने गरी कार्यविधि पास गरेको उनले बताए ।
यस्तै बैठकले संगठन व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि २०७९, मुख्यमन्त्री ड्यासवोर्ड तथा निर्देशिका २०७९, कर्मचारी प्रोत्साहन कार्यविधि २०७९, सार्वजनिक खर्चको मापदण्ड मित्यवयी सम्बन्धी कार्यविधि २०७९, प्रदेश श्रम सल्लाहाकार गठन सम्बन्धी निर्देशिका स्वीकृत, घरेलु मदिरा ब्राण्डिङ गर्न निर्देशक समिति गठन गर्ने, विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९ पास गरेको मन्त्री घिमिरेले जानकारी दिए ।