Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ


  • Purbeli Press
  • बुधबार, साउन २५ २०७९

विराटनगर : सशस्त्र प्रहरी बल बीओपी रानीबाट खटिएको सशस्त्रको टोलीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मंगलबार दिउँसो ३ बजेतिर विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट तीन किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । प्लाष्टिकमा प्याक गरिएको गाँजा स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार