Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको जहदाबाट ३८ किलो गाँजा बरामद


  • Purbeli Press
  • आइतबार, साउन २२ २०७९

विराटनगर : मोरङको जहदाबाट प्रहरीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ । जहदा ३ ठुलो हातिबन्दाबाट प्रहरीले शनिबार बेलुका लागुऔषध गाँजा बरामद गरेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा लुकाएर राखेको ३८ किलो गाँजा बरामद गरेको जनाएको छ ।

राजवंशीको घरबाट गाँजा बरामद भएता पनी राजवंशी फेला नपरेको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार