विराटनगर : मिल्स गोल्डकप फुटबल प्रहतियोगिताले आर्थिक सहयोग गर्ने संस्थालाई मायाको चिनोसहित सम्मान गरेको छ । आयोजकले शनिबार जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डललाई मयााको चिनो र प्रशंसासत्र सहित सम्मान गरेको हो ।
गत चैत ११ देखि १८ गतेसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा जीवन विकास लघुवित्त वित्तिय समाजले ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।
मायाको चिनो ग्रहण गर्दै जीवन विकासका अध्यक्ष मण्डलले मानिसलाई शारीरिक तथा मानसिक तरवरले सन्तुलित राख्न खेलकुद अपरिहार्य रहेको बताए । उनले पछिल्लो समय बालबालिकाहरु धेरै जसो मोवाइलमा गेम खेलेर समय खर्चने गरेको भन्दै उनले सहभागी खेलाडीहरुलाई निरन्तर खेलमा लाग्न आग्रह गरे ।
मण्डलले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न आफू र आफ्नो संस्था हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा खेलाडी, प्रशिक्षकलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।