विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराका लक्ष्मण बिकको औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् ।
मंगलबार राती एक तला पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको हो । सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे चोरीमा सम्लग्नलाई पक्राउ गरेको छ ।
शंकास्पद रहेका अनिल बराईलीको घरको कोठा भित्र खानतलासी गर्दा दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु भेटिएको थियो । बराइलीले ६ तोला ८३ लाल सुन र २९७ तोला चाँदीका गरगहना चोरी गरेका थिए । चोरी गरेको गरगहना १० लाख ४० हजार ५९० बराबरको रहेको प्रहरीले जनाएको चोरीएछ ।
गरगहना भेटिएपछि अनिल बराईलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।