Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

न्याय माग्दै सडकमा आएकी निहारिकालाई प्रहरीले समात्याे


  • Purbeli Press
  • शुक्रबार, साउन २० २०७९

आफूमाथि भएको बलात्कारको न्यायको माग गर्दै सडकमा आएकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ।

दुई महिनादेखि अनशनरत रहेकी निहारिकालाई शुक्रबार सिंहदरबारबाट पक्राउ गरिएकाे हाे।

प्रहरीकाे फन्दामा परेकी निहारकाले भनेकि थिइन् ‘मेरो माग पूरा नभएसम्म अनशन बसिरहन्छु। मर्नु परेपनि पछि हट्दिनँ।’ उनले भनिन्।

१७ बर्षको उमेरमा साथीको दाइबाट बलात्कृत भएपछि कुमारी आमा निहारिका राजपुतक अहिले न्याय माग्न संघर्ष गरिरहेकी छिन्।

निहारिकाको २२ महिने छोरा छ। जसका लागि उनी दुई वर्षदेखि न्यायको खोजीमा भौँतारिहेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार