Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापाको पालिया खोलामा शिशुको शव फेला


  • Purbeli Press
  • शुक्रबार, साउन २० २०७९

विराटनगर : झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ।

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो। शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार