विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर १४ बाट प्रहरीले ६१ किलोग्राम गाँजा बरामद गरेको छ । सिटी सफारीमा लोड गरेर लैजादै गरेको अवस्थामा ६१ किलो गाँजा बरामद गरेको हो ।
बुधबार दिउसोे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सिटी चालक फरार भएका छन् । फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।