Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा खोलाले बगाएउँदा एक जनाको मृत्यु


  • Purbeli Press
  • मंगलबार, साउन १७ २०७९

विराटनगर : उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ कुबिण्डेका ५० वर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको हो ।

सोमवार बेलुका मुर्कुची बजारबाट घर फर्कदै गर्दा चापागाईलाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

चापागाईको शव प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको बताएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार