विराटनगर : तेह्रथुममा छोरोको कुटाइबाट बुबाको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो ।
मंगलबार बिहान भण्डारीका २४ वर्षीइ छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरेका थिए । छोराको प्रहारबाट घाईते भएको भक्तबहादुरको उपचारका क्रममा छथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घटनामा संग्लग्न छोरा टंक भण्डारी फरार रहेको छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।