विराटनगर : पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज २९० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।