विराटनगर : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त भएका छन् । उनी नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन् ।
विपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गरेका हुन् ।
प्रतिष्ठानमा रिक्त रहेको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि डा. जगतप्रसाद अस्पतालका सहायक निर्देशका रुपमा कार्यरत थिए ।
यस्तै, उपकुलपति गिरीको सिफारिसमा सिनेटमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की सदस्य थपिएका छन् ।