विराटनगर : मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित पक्राउ गरिएको छ ।
बिहिबार राती १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो ।
अबैध हरिणको सिंह बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।