Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • Purbeli Press
  • बिहिबार, साउन १२ २०७९

विराटनगर :  सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जीपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।

जीपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार