Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु


  • Purbeli Press
  • बुधबार, साउन ११ २०७९

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो।

बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन्।

हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार