Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

१९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकसहित दुई जना पक्राउ


  • Purbeli Press
  • मंगलबार, साउन १० २०७९

विराटनगर : विराटनगरमा १९ वर्षीय युवतीलाई करणी गरेको आरोपामा दुई जना पक्राउ परेका छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राउत राष्ट्रीय खेलकुद परिषद्को मोेरङको कराँते प्रशिक्षक र सुवेदी संखुवासभाको कराँते प्रशिक्षक रहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले किशोरीलाई होटलमा बोलाएर जवरजस्ती करणी गर्ने गरेको र किशोरीको भिडियो समेत बनाएर धम्क्याउने गरेको प्रहरीले बताएको छ ।

छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका सचिव र सुवेदी केन्द्रीय सदस्यसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार