Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शोकमा डुब्यो कचनकवल, छोरी आउने आशामा थियो तीनवटै परिवार


  • Purbeli Press
  • आइतबार, साउन ८ २०७९

झापाको कचनकवल गाउँपालिका यतिबेला शोकमा डुबेको छ । तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हो ।

कचनकवल-५ की १६ वर्षीय करिना, १७ वर्षीया अञ्जली र १६ वर्षीया कल्पना गणेश साथीसाथी हुन् । उनीहरु सबैको घर चियाबारी नजिक छ ।

तीनै जना घर नजिकै रहेको चिया बगानमा काम गर्दै आइरहेका थिए । शनिबार दिउँसो खाना खाएर घरबाट निस्किएका उनीहरु बेपत्ता भए । शनिबार विदाको दिन भएकाले कतै घुम्न गए होला भनेर परिवारले पनि खोजी गरेन् । त्यही पनि परिवार पीडामै थियो ।

छोरीहरु बेपत्ता भएको पीडामा रहेको परिवारलाई आइतबार बिहानै आएको खबरले स्तब्ध बनायो । बेपत्ता भएका तीन जना घर नजिकैको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएको खबरले परिवार मर्माहत भयो ।

आफन्तको घरमा बेसे होलाल् भनेर धेरै खोजी नगरेको तीनवटै परिवार छोरी आउने आशामा थियो । उनीहरुको आफन्तहरु घर नजिकै रहेछन् । तर, घर आउने आशमा रहेका परिवारको सपना अधुरै रह्यो । तीनै जना आइतबार बिहान झुन्डिएको अवस्थामा भेटिए ।

झुन्डिएको अवस्थामा उनीहरु बिहान घरबाट पूर्वमा रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा फेला परे । उनीहरुलाई चिया बगानमा चिया टिप्न जानेहरुले रुखमा झुन्डिएको देखेपछि प्रहरलिाई खबर गरेका थिए । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

उनीहरुमध्ये दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुन्डिएका थिए । एउटै बयरको रुखका दुई वटा हाँगामा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । दुई जना एउटा हाँगामा र अर्की एक जना अर्को हाँगामा फेला परेका हुन् । घटनास्थलमा आइपुगेका स्थानीय र गाउँ शोकमा छ ।

उक्त घटना हत्या होकी आत्माअत्या भन्ने विषयमा अहिले प्रहरी अनुसन्धान गरिरहेको छ । अहिले तीनै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

करिना गणेशको घर घटनास्थलबाट करिब चार सय मिटर पर पर्छ । कल्पनाको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ । अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ ।

(झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलसँगको कुराकानीमा आधारित ।)

प्रतिक्रिया
सम्बन्धित समाचार