Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पछिल्लो २४ घन्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि


  • Purbeli Press
  • शनिबार, साउन ७ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो। १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार