Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैध भन्सार छलीका सामान बरामद


  • Purbeli Press
  • बिहिबार, साउन ५ २०७९

विराटनगर : विराटनगरबाट भन्सार छलेर ल्याइएको एक लाख ३९ हजार मूल्य बराबरको कपडा र खाद्यान्न बरामद गरिएको छ ।

बुधकार विराटनगर महानगरपालिका वडा नं १६ स्थित भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको समान बरामद गरिएको हो ।

लुकाई छिपाइ गरी ल्याउँदै गरेको सेण्डो, भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउज लगायत सामान बरामद गरेको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको सामान आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार