विराटनगर : प्रदेश नं. १ को नाम किरात राख्न दबाब दिदैँ किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश १ मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै उनीहरुले घेराउ गरेका हुन् ।
मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएपछि प्रदेशसभा कार्यालयको घेराउ गर्ने बताइएको छ ।
कोणसभामा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किरात जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए ।
उनीहरु पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै आइरहेका छन् ।