Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नाम ‘सप्तकोशी’ प्रस्ताव गरेपछि कांग्रेसभित्र विवाद सुरु


  • Purbeli Press
  • शुक्रबार, असार ३१ २०७९

नेपाली कांग्रेसले प्रदेश १ को नाम ‘सप्तकोशी’ प्रस्ताव गरेपछि कांग्रेसभित्र विवाद सुरु भएको छ।

पहिचान पक्षधर कांग्रेसीहरुले पार्टीको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाली कांग्रेस मोरङअन्तर्गतका पहिचानका पक्षधरहरुले प्रदेश न.१ को नामकरण पहिचानको आधारमा हुनुपर्ने, नेतृत्वलाई दबाब सिर्जना गर्ने, पार्टीका पहिचान पक्षधरहरुले संस्थागत रुपमा ‘लिम्बुवान किराँत संघर्ष समिति’ लाई नैतिक र भौतिक सहयोग र सहभागिता जनाउने निर्णयसमेत गरेको छ।

बिहीबार मोरङको पथरीमा बसेको भेलाले आगामी शनिबार कानेपोखरी गाउँपालिका रमाइलो बजारमा जिल्लास्तरीय आम भेलाको आयोजना गर्ने निर्णय गरेको छ।

भेलाले नेपाली कांग्रेस मोरङ निवर्तमान जिल्ला सदस्य तथा जनजाति महासंघ सल्लाहकार सुशील राईको संयोजकत्वमा भेला आयोजक समिति गठन गरेको छ।

आयोजक समितिका सदस्यहरुमा काबुल मगर,शेर बहादुर लिम्बु,सन्तोष सेरेङ,बिबेक लिम्बु (कानेपोखरी),श्रीहाङ /नविन राई, भर्तध्वज लिम्बु,सन्जिव लिम्बु ( केरुङ),सन्तोष प्राङदेन लिम्बु( कानेपोखरी), मौषम लिम्बु,सुरज लिबाङ लिम्बु लगायतको १२ सदस्यीय समिति रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार