Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जिल्ला कारागार मोरङमा फैलियो कोरोना, एक जनाको मृत्यु


  • Purbeli Press
  • शुक्रबार, असार ३१ २०७९

विराटनगर : जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप देखिएका एक कैदीको मृत्यु भएको छ । ज्वरोका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो ।

मृतकमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो । बिरामी परेका कैदीहरुको कोसी अस्पतालमा शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो ।

विराटनगर ८ मा रहेको कारागार प्रशासनले अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेको थियो । बिरामी भएर भर्ना गरेका मध्ये १६ जनाको एन्टिजेन पोजिटिभ र २ जनाको नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए ।

ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि नेपाले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । अचानक १०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेकोमा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार शव परिवारका सदस्यले बुझेर लगिसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार