Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारले १९ जना श्रष्टालाई पुरस्कृत गर्ने



प्रदेश १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ। भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो। श्रष्टा सम्मानका लागि मन्त्रालयले गठन गरेको छनोट समितिले पुरस्कार पाउने श्रष्टाहरूको नाम छनोट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिएका छन्। कृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट प्रा.डा. गोबिन्द तुम्वाङ–प्रा.डा. कालुराम खम्बु सम्मानित हुने भएका छन्।

प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मानबाट २०७९ बाट टंक बहादुर खुलाल, गोवर्धन तामाङ, विजय ,भरत गुरागाईं, ममता गिरी, गोपाल देवान, वीरबहादुर लाप्चा, हरि कट्टेल, मानसिंह थुलुङ, महेन्द्र राई, जयन्तीरमण कण्ठ र नवराज राईलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ। नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९बाट लीला उप्रेती, यशोदाकुमारी लम्साल, चेतन आङ्थुपो, मधुराज केरुङ र विमला चिमोरियालाई सम्मान गरिने भएको छ। असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गर्न लागिएको हो।

May be an image of text

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार